धनगढीमा डिशहोम फाईबरनेट सह बितरकको सोरुम

  • Technology Khabar | २४ माघ २०७८, सोमबार
धनगढीमा डिशहोम फाईबरनेट सह बितरकको सोरुम

काठमाडौं ।

धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ। डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरीएको हो।

सो सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ। सोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको श्री कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने कम्पनीले जनाएको छ।

१ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको श्री कृष्ण ईन्टेरप्राईजेजले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने ईन्टेरप्राईजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए।

प्रकाशित: २४ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार