सेञ्चुरी बैंकको नयाँ बचत खाता योजना

Technology Khabar २२ भाद्र २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, २२ भदौ । सेञ्चुरी कमर्सियल बैंकले रु. ५ मा बचत खाता खोल्ने गरी नयाँ बचत खाता योजना भदौ १२ गतेबाट शुरु गरेको छ । सो खातामा वार्षिक ३% का दरले मासिक रुपमा ब्याज भुक्तानी गरिनुका साथै रु. ३५०/– मा डेबिड कार्ड र रु २,००,०००/– सम्म निक्षेप सुरक्षण बिमा प्रदान गरिएको जनाएको छ ।

आ.व. २०७२/७३ को असार मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२८.९७ अर्व र कर्जा रकम रु. २५.०८ अर्व परिचालन गरी रु. ५६.१८ करोड सञ्चालन मुनाफा र रु. ३८.२६ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको उल्लेख गरेको छ ।

प्रकाशित: २२ भाद्र २०७३, बुधबार

तपाइको प्रतिक्रिया