डिशहोम फाइबरनेटको सह–वितरण सोरुम बालाजुको लोलङ हाइटमा

  • Technology Khabar | २४ माघ २०७८, सोमबार
डिशहोम फाइबरनेटको सह–वितरण सोरुम बालाजुको लोलङ हाइटमा

काठमाडौं ।

नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौं बालाजुको लोलङ हाईटमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ।

माघ २३ देखी डिशहोम फाईबरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन बालाजु ईलेक्ट्रिक ट्रेडर्सले गर्नेछ।

सोरुम उद्घाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएको बालाजु ईलेक्ट्रिक ट्रेडर्सले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको बालाजु ईलेक्ट्रिकले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने ट्रेडर्सका संचालक मानव श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २४ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...