विदेशस्थित नेपाली दूतावासबाट समेत ई-पासपोर्ट प्रदान गर्न शुरु

  • Technology Khabar | २३ माघ २०७८, आईतवार
विदेशस्थित नेपाली दूतावासबाट समेत ई-पासपोर्ट प्रदान गर्न शुरु

काठमाडौं ।

विदेशस्थित नेपाली दूतावासबाट समेत विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रदान गर्न थालिएको छ।

कतारमा रहेको नेपाली दूतावासबाट आज आइतबार लाइभ इनरोलमेन्ट गरी सफलता पूर्वक विद्युतीय राहदानी जारी भएको राहदानी विभागले जनाएको छ। यो विदेशस्थित नेपाली दूतावासबाट जारी भएको पहिलो विद्युतीय राहदानी हो।

विभागकाअनुसार यससँगै आज आइतबारबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ। सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको हो।

अन्य खाडीका देशहरु र मलेसियामा रहेको नेपाली नियोगबाट विद्युतीय राहदानी जारी गर्नका लागि आवश्यक पर्ने उपकरणहरू पठाइ सकिएको छ विभागले जनाएको छ। उपकरणहरू जडान हुनासाथ केही दिन भित्रै खाडीका अन्य देश र मलेसियाबाट पनि विद्युतीय राहदानीको लागि आवेदन दिन मिल्ने छ।

त्यस्तै खाडी र मलेसिया बाहेक अन्य देशहरूमा रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने काम भइरहेको रहेको र केही हप्ता भित्र सेवा सञ्चालन गर्ने राहदानी विभागको तयारी छ।

नेपालको हकमा भने अहिले ३६ ओटा जिल्ला प्रशासन कार्यालयहरू र ५ ओटा इलाका प्रशासन कार्यालयहरूबाट गरी जम्मा ४१ ठाउँबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ ।

अन्य जिल्लाहरूमा तीन ‌ओटा प्राविधिक टोलीहरूले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य भइरहेको पनि विभागले जनाएको छ।

प्रकाशित: २३ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार