सिटिजन लाइफको आईओएस एपमा थपिए नयाँ सुबिधा

  • Technology Khabar | २३ माघ २०७८, आईतवार
सिटिजन लाइफको आईओएस एपमा थपिए नयाँ सुबिधा

काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्सले “डिजिटल सिटिजन” अभियान अन्तर्गत कम्पनीको आईओएस एपमा सुविधा थप गरेको छ। ग्राहक र अभिकर्ताहरुलाई डिजिटल सेवा उपलब्ध गराउन यस एपले थप सहयोग गर्ने कम्पनीको विश्वास छ।

सिटिजन लाइफ इन्स्योरेन्स एपमार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पुर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिबिधिहरुको जानकारी पनि लिन सकिनेछ।

इच्छुकले यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इछ्याएको बीमा योजनाको बीमाशुल्क आफ्नो अवश्यक्ता अनुसारको बीमाङ्क रकम र बीमाको समय अवधि अनुसार आफै निकाल्न सक्ने छन्। सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न ईच्छुकले पनि यस एपबाट आवेदन दिन सक्ने छन्।

साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी यस एपमा डिजिटल बैकिङ्ग सुविधा मार्फत अनलाईन भुक्तानीको व्यवस्था समेत मिलाएको छ।

यस एपमा लग ईन गरेर बीमितले आफ्नो बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सक्नेछन। यसका साथै अभिकर्ताले पनि यस एपमा लग ईन गरेर जीवन बीमा व्यवसाय तथा आफ्नो सम्पुर्ण कारोबारको जानकारी र ग्रहकहरुको जानकारी पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २३ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार