एनएमबि हाईब्रिड फण्ड एल–१ को धितोपत्र निष्काशन हुने

Technology Khabar २० भाद्र २०७३, सोमबार

काठमाडौं ।

काठमाडौं, २० भदौ । एनएमबि बैंक कोष प्रवर्धक रहेको एनएमबि म्यूचुअल फण्ड अन्र्तगत संचालन हुने एनएमबि हाईब्रिड फण्ड एल १ को धितोपत्र निष्काशन आगामी भदौ २६ गतेबाट हुने भएको छ । प्रति इकाई मूल्य रु. १० का दरले न्यूनतम छ करोड असी लाख इकाई सार्वजनिक रुपमा सर्वसाधारणको बिकीका लागि खुला गरिएको एनएमबि क्यापिटलले जनाएको छ ।

बैंकले यहि भदौ २६ गतेदेखि निष्काशन खुला गर्ने र छिटोमा भदौ ३१ गते निष्काशन बन्दको समय तोकेको छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड आफै रहेको छ ।

यस निष्काशन पूर्व एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि सुलभ ईन्भेष्टमेण्ट फण्ड १ सञ्चालनमा रहेको छ । करिब २ वर्ष अगाडी निष्काशन गरिएको उक्त फण्डको २०७३ श्रावण मसान्तसम्मा खुद सम्पत्ति मूल्य १९.०३ रहेको छ । हाल बजारमा सञ्चालनमा रहेका प्रायः सबै योजनाहरुले राम्रो प्रतिफल दिईरहेको अवस्थामा आगामी दिनमा लगानीकर्ताहरुको लागि म्युचुअल फण्डको योजनामा लगानी गर्नु लगानीको राम्रो अवसर हुन सक्ने एनएमबि क्यापिटलले जनाएको छ ।

प्रकाशित: २० भाद्र २०७३, सोमबार

तपाइको प्रतिक्रिया