
काठमाडौं ।
काठमाडौं, २० भदौ । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टू व्हीलर्सले आफ्नो प्रिमियम ३०० सि.सि. बाइक महिन्द्रा मोजोको नेपालमा अनावरण गरेको छ ।
सोही कार्यक्रमको लागि दुईजना राइडर्सहरुले भारतको पुनेबाट मोजो बाइक चलाई र करीब २,०८८ कि.मि.दूरी तय गर्दै काठमाडौंमा भएको अनावरण कार्यक्रममा आएकाे जानकारी दिइयो ।
महिन्द्रा टू व्हीलर्सका प्रमुख कार्यकारी अध्यक्ष सहायलका अनुसार– “मोजो महिन्द्राको फ्ल्यागशिप मोडल हो र यो लन्च देखि नै भारतमा लोकप्रिय हुँदै आएको छ । हामीले हालसम्म लोयल कस्टोमरहरुको एउटा ठूलो टोली बनाउन सफल भइसकेका छौं जो मोजो ट्राइबको सदस्य भएका छन् ।”
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार – “हामी चाँडै नै मोजोलाई इच्छुक ग्राहक माझ लिएर आउने छौं र उहाँहरुलाई विश्वस्तरीय मापडण्ड र टेक्नोलोजी अनुरुपको उच्चस्तरीय टुरिङ्ग बाइकको अनुभव गराउनेछौं ।”
मोजोमा लो–फ्रिक्सन पिस्टन तथा रिङ्ग भएको स्टेट–अफ–आर्ट DOHC (Double Over Head Camshaft) इन्जिनका साथै एडभान्स्ड् EFI (Electronic Fuel Ignition), इरिडियम स्पार्क प्लग, रेजोनेटर–फिटेड इन्टेक सिस्टम तथा ट्वीन एक्जहस्ट् पनि रहेको छ ।
साथै, मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ ।
३२० एमएमको रेडियल्ली–माउन्टेड फ्रन्ट डिस्क ब्रेक तथा पिरेली डिएब्लो रोस्सो टू टायर पनि रहेको छ । यी फिचर्सहरुका साथै यो वर्गमा सबैभन्दा बढी २१ लिटरको इन्धन क्षमता भएको फ्युल ट्यांक राखिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: २० भाद्र २०७३, सोमबार