
काठमाडौं ।
अनलाइन नेटवर्किङ कारोबारमा संलग्न रहेको आरोपमा दाङबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही बस्दै आएका रोल्पाका कमल थापा, घोराहीमा रहेको तोला होटलका सञ्चालक दिपक बोहोरा र हाल घोराही बस्ने रोल्पा होलेरीका सन्तोष श्रेष्ठ रहेका छन्।
पक्राउ परेकाहरुले दुई महिनामा पैसा डबल हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजारसम्म हाइफरलगायतका अनलाइन नेटवर्किङमा लगानी गर्न भन्दै अवैध कारोवार गर्दै आएको प्रहरीले उल्लेख गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुले अनलाइन नेटवर्किङमार्फत कारोबार गरिरहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको जानकारी दिईएको छ।
प्रहरीले यस बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित: २० माघ २०७८, बिहीबार