नेकपा एमालेले ७७ ओटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ राख्ने

  • Technology Khabar | १९ माघ २०७८, बुधबार
नेकपा एमालेले ७७ ओटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ राख्ने

काठमाडौं ।

नेकपा एमालेले ७७ ओटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ। एमालेको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय हो।

प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङकाअनुसार केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको हो।

यसका साथै बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरिएको जनाएको छ।

प्रकाशित: १९ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार