
काठमाडौं ।
हल्ट प्राइज एट आईओई, पुल्चोक क्यामपस-२०२१/२२ को सेमिफाइनल यही फेब्रुअरी ५ मा हुने भएको छ।
विश्वलाई फेरि काममा फर्काउने Getting the World Back to Work थिममा आधारित वार्षिक प्रतियोगितामा चार उद्यमशीलता टक सिरिज र दुई वर्कशप सम्पन्न भइसकेका छन्।
महिना दिनको समयमा राष्ट्रिय र अन्तराष्ट्रिय अतिथि वक्ताहरु सहित देशका एघार सम्बद्ध कलेजहरुको सहायतामा सम्पन्न हल्ट प्राइज एट आईओई महिनाकै टप अन क्याम्पस प्रोग्रामका रुपमा विश्वमै फिचर भएको थियो।
बज्र टेक्नोलोजिज, नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, इम्प्याक्ट नेपाल र भर्टेक्स नेपालसँग आयोजना भएको हल्ट प्राइज एट आईओईमा कुल १०६ उद्यमी टिमहरु दर्ता भएका थिए। यीमध्ये ५० टिमहरुले सेमिफाइनलमा प्रवेश पाएका छन्।
३ देखि ४ विश्वविद्यालय स्तका विद्यार्थीहरुबाट बनेको हरेक टिमलाई उनीहरुद्वारा पेश गरिएको व्यापार प्रस्तावका आधारमा चयन गरिएको हो।
वान टु वान मेन्टरशीप सिरिजपछि भव्य सेमिफाइनल आयोजना गर्ने तय गरिएको आइोजकले जनाएको छ।
सेमिफाइनलमा विश्वकै चर्चित उद्यमी र आइकनिक व्यक्तिहरु रहनेछन्। जसमा निर्णायक मण्डलमा एमआईटीमा प्रणाली उद्यमी र अनुसन्धान सम्बद्ध आयुष वर्मा, आरबी बंगलादेश र श्रीलंका क्लस्टरमा आपूर्ति प्रमुख तुषार जाधव, मनस्तु स्पेसका सहसंस्थापक मोहम्मद जिया उद्दिन, थट फर फूडकी संस्थापक र सीईओ क्रिस्टिन गोल्ड रहेका छन्।
यसबाहेक सोलुसन डेलिभरीका निर्देशक आयुष बत्ती, बज्र टेक्नोलोजीका फुल स्ट्याक विकासकर्ता अशोक कोइराला, हार्डवेयर सोलुसन्सका वरिष्ठ निर्देशक निशेष तिवारी र भारतका मुख्य रणनीति योजनाकार, ईन्जीनियर आदित्य राज पनि निर्णायकमा रहेका छन्।
सेमिफाइनलमा पुगेका ५० ओटै टिमहरुले यिनै निर्णायकहरु समक्ष आफ्ना व्यापार विचारहरु पेश गर्नेछन् जसमध्ये १८ टिमहरुलाई फाइनलका लागि चयन गरिने आयोजकको भनाई छ।
यसबाहेक कार्यक्रमका केही विशेष उद्यमीहरुलाई गेष्ट स्पिकरहरुका रुपमा प्रस्तुत गरिने बताइएको छ।
प्रकाशित: १९ माघ २०७८, बुधबार