
काठमाडौं ।
अमेरिकामा संघीय व्यापार नियोग एफटीसीले माइक्रोसफ्टले ६८ अर्ब डलरमा एक्टिभिजन ब्लिजार्डको स्वामित्व ग्रहणसम्बन्धी सम्झोताको समीक्षा गर्ने भएको छ।
सोमबार उक्त मामिलासँग जानकार व्यक्तिहरुलाई उद्धृत गर्दै ब्लूमबर्गले
हालै कल अफ ड्यूटी गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिजार्डको स्वामित्व माइक्रोसफ्ट कर्पले ६८ अर्ब डलरमा किनेको सम्बन्धमा प्रतिस्पर्धाविरोधी समीक्षा गर्ने अधिकार एफटीसीलाई दिएको रोयटर्सले उल्लेख गरेको छ।
सामान्यतया: यस प्रकारको छानबिन न्याय विभागले गर्ने भए पनि यो घटनामा भने एफटीसीले यो स्वामित्व ग्रहणले प्रतिस्पर्धालाई कत्तिको असर पारेको छ भन्नेबारे अध्ययन गर्ने रिपोर्टमा जनाइएको छ।
मर्जरको नियमावलीलाई अझ कडाई गर्ने क्रममा एफटीसी तथा न्याय विभागले पछिल्लो महिना सन् २०२० र २०२१ मा धेरै उद्योगहरुले म्जरका लागि आवेदन दिएकाले अवस्था अझ विकराल हुनसक्ने बताएका थिए।
त्यसलगत्तै एफटीसीले लकहीड मार्टिन्सले ४ अर्ब ४० करोड डलरमा रकेट इन्जिन निर्माता कम्पनी एरोजेट रकेटडाइन होल्डिङ्सको स्वामित्व लिने प्रस्तावमाथि प्रतिस्पर्धाविरोधी आधारमा मुद्दा हाल्ने निर्णय पारित गरेको थियो।
प्रकाशित: १९ माघ २०७८, बुधबार