नेपाल टेलिकमको वार्षिकोत्सव अफर, यी डाटा प्याकहरुमा छुट पाईने

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार
नेपाल टेलिकमको वार्षिकोत्सव अफर, यी डाटा प्याकहरुमा छुट पाईने

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर नयाँ अफर सार्वजनिक गरेकोछ। कम्पनीले यहि माघ १८ गतेदेखि लागू हुने गरेर डाटा प्याकहरुमा छुट अफर ल्याएको हो।

कम्पनीकाअनुसार वार्षिकोत्सव अफरमा २० जीबी २९४ रुपैयाँमा किन्न सकिनेछ। यो अफर केबल १० दिनको लागि मान्य हुने बताईएको छ ।
त्यसैगरी ६ जीबी डाटा ९८ रुपैयाँमा किन्न सकिनेछ भने यो ३ दिनका लागि मात्र मान्य हुनेछ।

यस बाहेक कम्पनीले एक दिने डाटा अफर पनि ल्याएको छ जसअनुसार १ एमबीपीएस डाटाको लागि ६९ रुपैयाँ तोकिएको छ। यसमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ तर यो अफर २४ घण्टाको लागि मात्र मान्य हुने जनाएको छ।

यी सबै अफरहरु फागुन ३ गतेसम्म लागू हुने नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १८ माघ २०७८, मंगलवार