भारतले आफ्नै डिजिटल मुद्रा ल्याउने घोषणा, डिजिटल सम्पत्तिमा आयकर

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार
भारतले आफ्नै डिजिटल मुद्रा ल्याउने घोषणा, डिजिटल सम्पत्तिमा आयकर

काठमाडौं ।

भारतले आफ्नै डिजिटल मुद्रा ल्याउने भएको छ। मंगलबार लोकसभामा प्रस्तुत गरिएको नयाँ बजेटमा वित्त मन्त्री निर्मला सीथारमणले आर्थिक वर्ष २०२२ मा नै डिजिटल मुद्रा ल्याउने घोषणा गरेकी हुन्।

भारतीय मिडियाहरु अनुसार ब्लकचेन प्रविधिमा आधारित डिजिटल करेन्सी भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डियाले निकाल्ने प्रस्ताव गरिएको ग्याजेट ३६०ले रिपोर्ट गरेको छ।

यसका साथै उनले बजेटमार्फत भर्चुअल डिजिटल सम्पत्तिबाट हुने आयमा ३० प्रतिशतको दरले कर लाग्ने घोषणा गरेकी छन्।

“भर्चुअल डिजिटल सम्पत्तिहरूमा लेनदेनमा अभूतपूर्व वृद्धि भएको छ। यी लेनदेनको परिमाण र आवृत्तिले भर्चुअल डिजिटल सम्पत्तिहरूमा कर लगाउनको लागि, तदनुसार निर्दिष्ट कर व्यवस्था प्रदान गर्न अनिवार्य बनाइएको छ,” सीथारामनले भनिन्।

भर्चुअल डिजिटल सम्पत्तिको स्थानान्तरणमा स्रोतमा कर कटौती पनि हुने बजेटमा उल्लेख छ।

भारतमा क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध लगाइएको भएपनि सर्वोच्च अदालतले क्रिप्टोकरेन्सीमा लगानी गर्न खुला गर्न आदेश दिएको थियो । तर अझैपनि भारतमा यसको लागि स्पष्ट कानून छैन् ।

स्मरण रहोस् नेपालमा भने डिजिटल वा भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी कारोबार गैर कानूनी छ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार