सम्झाैता तथा आईपीओका माध्यमबाट डेढ खर्ब डलर उठाउँदै गेमिङ बजार

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार
सम्झाैता तथा आईपीओका माध्यमबाट डेढ खर्ब डलर उठाउँदै गेमिङ बजार

काठमाडौं ।

भिडियो गेमिङ क्षेत्र सन् २०२२ को शुरुवातसँगै समझोता, फाइनान्सिङ तथा आईपीओका माध्यमबाट डेढ अर्ब डलर संकलन गर्ने भएको छ।

यो आँकडा हालै इन्भेस्टमेन्ट ब्याङ्किङ संस्था ड्रेक स्टार पार्टनर्सले सार्वजनिक गरेको हो।

वर्षको शुरुवातमै दुई ओटा ठूला मर्जरहरु भएकाले पनि यो आँकडा सम्भव भएको रोयटर्सले उल्लेख गरेको छ।

सन् २०२२ को शुरुका केही हप्तामै माइक्रोसफ्टले ७० अर्ब डलरमा एक्टिभिजन ब्लिजर्डको स्वामित्व लियो भने जिङ्गाले ११ अर्ब डलरमा टेक-टू इन्टरएक्टिभको स्वामित्व ग्रहण गरेका थिए।

उक्त दुई ठूला सम्झोताका कारण यस वर्षको सम्झोता रकमले १,१५९ घोषित वा सम्पन्न सम्झोतामार्फत् २०२० को ८५ अर्बलाई उछिनेको बताइएको छ। गत वर्षको आँकडा पनि सन् २०२० को भन्दा बढी थियो।

‘हाल हामी थुप्रै सम्झाैताहरुका बीचमा छो र यो अवस्था अझै केही समय यस्तै रहनेछ’, ड्रेक स्टारका मिचेल मेज्गरले बताए।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...