मोबाइलमा अनलाइन बिङ्गो खेल्ने ७४ जना पक्राउ

  • Technology Khabar | १७ माघ २०७८, सोमबार
मोबाइलमा अनलाइन बिङ्गो खेल्ने ७४ जना पक्राउ

काठमाडौं ।

काठमाडौं महानगरपालिका-६ बौद्धस्थित प्लटिङ नजिक एक रेस्टुरेन्टमा अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई प्रहरीले आइतबार बेलुका नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा बिङ्गो सञ्चालक वीरेन्द्र मानन्धर सहितका व्यक्तिहरु छन् । काठमाडौं महानगरपालिका–६ घर भएका मानन्धर मोबाइलमा बिङ्गो एप्स डाउनलोड गरेर खेलिने सो अनलाइन जुवाका मेनेजर हुन्। मुख्य सञ्चालक फरार छन् ।

दोलखा घर भई हाल बानेश्वर बस्ने वर्ष ३० को सुभाष घिसिङले सो स्थानमा सञ्चालन गरेको रेष्टुरेन्टमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको हो।

प्रहरीले बिङ्गो खेलमा प्रयोग हुने विभिन्न सामग्री र नगद करिब ६ लाख रुपियाँ बरामद गरेको छ। यसरी पक्राउ पर्नेमा ६६ पुरुष र ८ जना महिला छन् ।

प्रहरीले खेलमा प्रयोग गरिने सामाग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको छ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त बौद्दबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसूर अन्तर्गत थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: १७ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • १७ माघ २०७८, सोमबार