चीनले इन्टरनेट उद्यमहरूलाई दिगो रूपमा विकास गर्न निरन्तर मद्दत गर्ने

  • Technology Khabar | १६ माघ २०७८, आईतवार
चीनले इन्टरनेट उद्यमहरूलाई दिगो रूपमा विकास गर्न निरन्तर मद्दत गर्ने

काठमाडौं ।

चीनले अन्तर-विभागीय समन्वयलाई बढाएर र अनुकूल नीतिहरू लागू गरेर इन्टरनेट उद्यमहरूलाई स्वस्थ र दिगो रूपमा विकास गर्न मद्दत गर्ने भएको छ। देशको शीर्ष साइबर स्पेस नियामकले स्वेदशमा इन्टरनेट उद्यमहरूलाई स्वस्थ र दिगो रूपमा विकास गर्न सहयोग गर्ने बताएको हो।

चीनको साइबरस्पेस एडमिनिस्ट्रेशनले गएको शुक्रबार एक सेमिनारमा तीन सरकारी विभाग र इन्टरनेट इन्टरप्राइजेसका प्रमुखहरूसँग यस विषयमा छलफल गरेको सिन्ह्वाले उल्लेख गरेको छ।

‘प्रशासनले नियमन विधिहरू सुधार गर्न र उद्यमहरूको अधिकार र हितको रक्षा गर्न सम्बन्धित विभागहरूसँग मिलेर काम गर्नेछ,’ प्रशासन प्रमुख झुआङ रोङवेनले भने।

जुआङले चीनका इन्टरनेट उद्यमहरूको विकासको व्यापक सम्भावना रहेको बताए र त्यस्ता सबै उद्यमहरूलाई अवसरहरू सदुपयोग गर्न र कानून अन्तर्गत कडाइका साथ सञ्चालन गर्न आह्वान गरे।

प्रकाशित: १६ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार