ग्यालेक्सी एस२२ सिरिजमा २५ र ४५ वाट चार्जिङ सपोर्ट रहने सुनिश्चित

  • Technology Khabar | १५ माघ २०७८, शनिबार
ग्यालेक्सी एस२२ सिरिजमा २५ र ४५ वाट चार्जिङ सपोर्ट रहने सुनिश्चित

काठमाडौं ।

सामसङले आफ्नो ग्यालेक्सी एस२२ मा भेरियन्ट अनुसार २५ र ४५ वाट चार्जिङ सपोर्ट दिने भएको छ।

हालै उक्त डिभाइसले पाएको सर्टिफिकेशन अनुसार यो कुरा प्रस्ट भएको जीएसएमएरिनाले जनाएको छ।

गत वर्षदेखि यो डिभाइसको चार्जिङ स्पीडका बारेमा थुप्रै चर्चाहरु बाहिरिँदै आएका छन्।

यी चर्चाहरुमा २५ वाटदेखि ४५ वाटसम्मका अलग अलग दावी समावेश थिए। चीनको थ्रीसी सर्टिफिकेशनले समेत एस२२, एस२२+ तथा एस२२ अल्ट्रालाई २५ वाटको सर्टिफिकेशन दिएकामा हालै डेनमार्कको डेम्कोले भने एस२२ को प्लस तथा अल्ट्रा मोडलमा ४५ वाट चार्जिङको सर्टिफिकेट दिएको हो।

यो सर्टिफिकेशनले ग्यालेक्सी एस२२+ तथा एस२२ अल्ट्रामा क्षेत्र अनुसार अलग अलग चार्जिङ स्पीड उपलब्ध हुने तथा भ्यानिला भेरियन्टमा भने सबैतिर २५ वाट नै रहने बुझाउँछ।

डेनमार्कको प्रमाणीकरण संस्था डेम्कोले यसमा लाग्ने ब्याट्रीका बारेमा भने केही बताएका छैनन्। तर हालैको एउटा लीक अनुसार यसमा एस२२ मा ३७०० एमएएच तथा प्लस र अल्ट्रा भेरियन्टमा क्रमश: ४५०० र ५००० एमएएच क्षमताको ब्याट्री उपलब्ध हुने बुझिएको छ।

प्रकाशित: १५ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...