एचईभीसी के हो? स्मार्टफोनमा भिडियो रेकर्ड गर्दा यो किन उपयुक्त छ?

Technology Khabar १४ माघ २०७८, शुक्रबार

काठमाडौं ।

एचईभीसीको पूरा रुप हाइ इफिसियन्सी भिडियो कोडिङ हो। यो नयाँ भिडियो कम्प्रेशन फर्म्याट हो जुन यसअघि उपलब्ध एच.२६४ वा एभीसी कोडेकको तुलनामा हाइ कम्प्रेशनयुक्त हुने गर्दछ।

स्मार्टफोनको क्यामरा सेटिङ्सभित्र एउटा नयाँ भिडियो रेकर्डिङ कोडेक फाइल फर्मेट उपलब्ध भएको हुन सक्छ।

यसैलाई एचईभीसी वा हाइ इफिसिएन्सी  भिडियो कोडेक भनिन्छ। केही स्मार्टफोनमा यो मोडलाई स्पेस सेभिङ मोडका रुपमा पनि व्याख्या गरिएको पाइन्छ।

यो नयाँ एचईभीसी फर्म्याटले यसअघि उपलब्ध फर्म्याटहरुको तुलनामा स्पेस वा स्टोरेज बचाउन कसरी सहयोग गर्छ र भिडियोको गुणस्तर पनि कसरी बढाउँछ त?

के हो एचईभीसी?

एचईभीसी भिडियो कम्प्रेशनका क्षेत्रमा आएको एउटा नयाँ अन्तरराष्ट्रिय मापदण्ड हो जसलाई आईएसओ/आईईसी एमपीईजी तथा आईटीयू-टी भीसीईजीको सहकार्यमा विकसित गरिएको हो। यसलाई एच.२६५ का नामले पनि चिनिन्छ।

सामान्य हिसाबले भन्दा एचईभीसी कम्प्रेशन भिडियोका लागि एउटा नयाँ भिडियो रेकर्डिङ फर्म्याट हो जसले कुनै कम्प्रेस्ड भिडियोका सबै अत्यावश्यक कुराहरु शर्तहरु पूरा गर्दछ।

किन आवश्यक छ?

यसलाई लोकल स्टोरेजमा एउटा फाइलका रुपमा प्रसारण, शेयर वा स्टोर गर्न सकिन्छ। यसबाहेक यसलाई इन्टरनेटमा स्ट्रिम पनि गर्न सकिन्छ।

यो अन्य फर्म्याटको तुलनामा हाइ कम्प्रेशन र गुणस्तरीय हुने हुनाले यसका लागि धेरै संसाधनको जरूरत पर्दछ।

यो हाल व्यापक रूपमा स्वीकृत र समर्थित फाइल फर्म्याट बनिसकेको छ। मिड-रेन्ज तथा बजेट फोनसहित अधिकांश स्मार्टफोनले यसलाई सपोर्ट गर्छन्। यो फर्म्याटमा भिडियो रेकर्ड गर्दा गुणस्तरमा सम्झौता नगरी कम स्टोरेज मात्र खपत हुन्छ।

प्रकाशित: १४ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया