बजारमा तीव्र उतारचढावका कारण विट्रान्सफरद्वारा आईपीओ रद्द

  • Technology Khabar | १४ माघ २०७८, शुक्रबार
बजारमा तीव्र उतारचढावका कारण विट्रान्सफरद्वारा आईपीओ रद्द

काठमाडौं ।

विट्रान्सफर फाइल सेवा प्रदान गर्दै आएको कम्पनीले आफ्नो आईपीओ रद्द गरेको छ।

कम्पनीले बिहीबार बजारमा तीव्ररुपमा आएको उतारचढावका कारण यस्तो निर्णय गर्नुपरेको बताएको हो। कम्पनीको यो आईपीओ रद्दको घटना यूरोपको यो वर्षकै प्रविधि प्रवर्तन अर्थात टेक फ्लोटेशन भएको बुझिएको छ।

कम्पनीले आफ्नो विज्ञप्तिमा लगानीकर्ताहरुको चासो रहँदा रहँदै आईपीओ रद्द गर्ने निर्णय गरिएको उल्लेख गरेको छ।

‘हामी हाम्रा रणनीति अनुसार अगाडि बढ्ने र वृद्धिका रेखाचित्रलाई निरन्तरता दिँदै जानेछाैं’, कम्पनीका सीईओ गर्डन विलोबीले भने।

प्राथमिक र द्वितीयक दुवै खाले शेयर जारी गर्ने योजनामा रहेको विरक नामक कम्पनीले आफ्नो आईपीओ रद्द गर्नुअघि यसको मूल्यांकन केही खस्केको थियो।

रोयटर्सका अनुसार आईपीओ बजारले जोखिमप्रति लगानीकर्ताहरुको भोक वा चासोलाई दर्शाउने र उनीहरु अर्थतन्त्रमा उतारचढाव आएका बेल एउटै कम्पनीमा आफ्ना लगानी रकमको ठूलो हिस्सा लगाउन राजी हुँदैनन्।

वैश्विक स्टक मार्केट यो वर्ष निकै उतारचढावका साथ शुरु भएको रोयटर्सले जनाएको छ।

प्रकाशित: १४ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...