टिकटकले यहूदी नरसंहारसम्बन्धी कन्टेन्टमा कल्याणकारी विज्ञापन राख्ने

  • Technology Khabar | १३ माघ २०७८, बिहीबार
टिकटकले यहूदी नरसंहारसम्बन्धी कन्टेन्टमा कल्याणकारी विज्ञापन राख्ने

काठमाडौं ।

छोटा भिडियो शेयरिङ प्लेटफर्म टिकटकले आफ्नो एपमा फैलिएको यहुदीविरोधी अवधारणासँग लड्नका लागि होलोकस्ट सम्बन्धी पीएसए तथा जानकारीमूलक सामग्री थप गर्ने भएको छ।

शोहका नामले पनि चिनिने होलोकस्ट दोस्रो विश्वयुद्धका बेला यूरोपेली यहूदीहरुको नरसंहारको घटना हो।

यो परिवर्तनसँगै कुनै पनि यूजरले होलोकस्ट अर्थात् प्रलयसम्बन्धी सामग्री सर्च गर्दा टिकटक एबाउटहोलोकस्ट डट ओआरजीसँग कनेक्ट हुन जान्छ।

यसबाहेक प्रलयसम्बन्धी ह्याशट्याग पनि पीएसए अर्थात् जनहितमा जारी विज्ञापनका बारेमा छोटो जानकारीसहित उक्त वेबसाइटमा रिडाइरेक्ट हुन्छ।

‘यो विषयमा ब्राउज गर्दा अबाउटहोलोकस्ट डट ओआरजीजस्ता धेरै भाषामा उपलब्ध वेबसाइटहरुजस्ता भरपर्दो स्रोतबाट होलोकस्टको इतिहासका बारेमा तथ्याङ्क प्रमाणित गर्न सबैलाई सुझाव दिइन्छ’, मेसेजमा भनिएको छ।

उक्त एपले होलोकस्टसम्बन्धी भिडियो सामग्रीको तलपट्टी एउटा स्थायी ब्यानर राख्नेछ जसले यूजरहरुलाई होलोकस्टबारे तथ्याङ्क हेर्न लिंक दिनेछ। यो परिवर्तन आउने महिनामा शुरु हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

टिकटकको नियमले घृणा मन्तव्यलाई निषेध गरे पनि विगतमा प्लेटफर्मले होलोकस्ट अस्वीकार तथा अन्य प्रकारका यहूदीविरोधी सामग्री फैलाएको रहेको आलोचना खेप्दै आइरहेको छ।

गत वर्ष एन्टि-डिफेमेशन लिगले एउटा ब्लग पोस्ट गर्दै त्यसमा पोराणिक यहूदीविरोधी संकेतहरु तथा विभिन्न षडयन्त्र-सिद्धान्तहरुका बारेमा उदाहरण प्रस्तुत गरेको थियो।

उक्त संगठनले टिकटकलाई यो समस्याको प्रणालीबद्ध समाधानका लागि आग्रह पनि गरेको छ।

प्रकाशित: १३ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार