अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ठमेलबाट दुई जना पक्राउ

  • Technology Khabar | १२ माघ २०७८, बुधबार
अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ठमेलबाट दुई जना पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं ।

अनलाइनमार्फत जुवा खेलाएको आरोपमा काठमाडौँको ठमेलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ घर भएर काठमाडौँ–२६ ठमेलमा बस्ने राकेश कुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंह छन्।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरीले आरोपीहरूको साथबाट १ लाख ५५ हजार नगद र लाखौँका बैंक भौचर तथा चेक बरामद गरेको छ।

ठमेल होस्टलका सञ्चालक समेत रहेका क्षेत्रीले अनलाइनमार्फत बेटिङ पनि गराउने गरेको भन्दै यसअघि पनि महानगरीय अपराध महाशाखाले उनलाई पक्रेर मुद्दा चलाएको थियो।

मंगलबार ठमेल होस्टलको पाँचौँ तलामा अनलाइन मार्फत जुवा खेलाएको कमिसन बाँडफाँडबारे विवाद भएको सुराक पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...