बुधबारदेखि देशभरका भन्सार कार्यालयमा अनलाइन पेमेन्ट प्रणाली शुरू हुँदै

  • Technology Khabar | ११ माघ २०७८, मंगलवार
बुधबारदेखि देशभरका भन्सार कार्यालयमा अनलाइन पेमेन्ट प्रणाली शुरू हुँदै

काठमाडौं ।

भन्सार विभागले पुस १२ गते बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्ने भएको छ।

विभागकाअनुसार ७०औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर बैंकखाताबाट सिधै राजस्व तिर्न सकिनेगरी नेपालका सबै भन्सारहरूमा अनलाइन पेमेन्ट प्रणाली शुरू हुनेछ।

सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट अनलाइन राजस्व भुक्तानीको सफल परीक्षण भएसँगै बुधबारदेखि सबै भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू हुने भएको हो। व्यवसायीले निकासी तथा पैठारी बापत बुझाउनुपर्ने राजस्व रकम अनलाइनबाटै तिर्न सक्ने बताईएको छ।

उक्त प्रणालीको शुरूवात अर्थमन्त्री जनार्दन शर्माले गर्नेछन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका विभिन्न प्रणालीबाट गर्न भन्सारको अनलाइन भुक्तानी सकिने छ। कनेक्ट आईपीएस, कपोरेट पे, एनसीएचएल बैंक सेन्टर तथा नेपाल क्लियरिङ हाउससँग भएका डिजिटल वालेटबाट राजश्व अनलाइनबाट तिर्न सकिने छ।

प्रकाशित: ११ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार