अफ्रिकी मुलुक बुर्किना फासोमा सुरक्षा कारण देखाउँदै फेसबुक बन्द

  • Technology Khabar | ११ माघ २०७८, मंगलवार
अफ्रिकी मुलुक बुर्किना फासोमा सुरक्षा कारण देखाउँदै फेसबुक बन्द

काठमाडौं ।

अफ्रिकी मुलुक बुर्किना फासोका अधिकारीहरूले सुरक्षा कारणले फेसबुकमाथिको पहुँच बन्द गरेको बताएका छन्।

बुर्किना फासोका अधिकारीहरूले सुरक्षा कारणहरू देखाउँदै फेसबुकको पहुँचलाई रोक लगाएको अफ्रिकान्युजले रिपोर्ट गरेको छ।

सरकारका प्रवक्ता अल्कासौम माइगाले जनवरी १० मा सुरु भएको र जारी रहेको नाकाबन्दीको कारणबारे सरकारले टिप्पणी गर्नुनपर्ने बताए।

गएको जनवरी ११ मा, सरकारले आठ सैनिकहरूलाई गिरफ्तार गरेको घोषणा गरेको थियो, जसलाई देशको मिडियाले ‘कू’ गर्ने प्रयासको रूपमा वर्णन गरेको थियो।

इन्टरनेट अधिकार समूह नेटब्लक्सले जनवरी ११ मा एक महत्त्वपूर्ण इन्टरनेट आउटेज भएको बताएको छ।

प्रकाशित: ११ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार