
काठमाडौं ।
प्रदेश नं १ सरकारले राजमार्ग सूरक्षालाई लक्षित गर्दै सप्तकोशी पुलदेखि झापाको मेची पुलसम्म सीसी क्यामरा राख्ने भएको छ । यसका साथै विराटनगरको रानी भन्सारदेखि इटहरीहुँदै धरानसम्म सीसी क्यामरा जडान गर्ने तयारी गरेको छ।
नेपाल भारत सीमा तथा पूर्वतर्फको नाकासम्म नै प्रदेश सरकारले सूरक्षाका दृष्टिकोणले सीसी क्यामरा राख्न लागेको हो।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सञ्चारकर्मीहरुको कुराकानीमा प्रदेश भित्रको शान्ति सुरक्षालाई ध्यानमा राख्दै ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामरा जडान गर्न लागिएको जानकारी दिएका छन्।
“सिसी क्यामरा जडान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। अत्याधुनिक प्रविधिको प्रयोगबाट अपराध नियन्त्रण गर्न प्रयास गरिनेछ,” उनले भने।
उनले प्रदेश राजधानीलाई शान्ति सुरक्षाको दृष्टिकोणमा प्रविधिको सहयोगमा निगरानी गर्नेगरी सरकारले काम गरिरहेको समेत बताए।
प्रकाशित: ११ माघ २०७८, मंगलवार