
काठमाडौं ।
नेदरल्याण्ड्सको स्वास्थ्य प्रविधि कम्पनी फिलिप्सले सोमबार यो वर्षको दोस्रो त्रैमाससम्म व्यापारमा व्यापक सुधार आउने अपेक्षा गरेको छ।
तर पनि आगामी महिनामा पार्टपुर्जाको वैश्विक अभावका कारण व्यापार व्यवसायको स्थिति अझै खस्कन सक्ने सम्भावना भने प्रबल रहेको छ।
फिलिप्सले यसै महिनाको शुरुमा आपूर्ति श्रृङ्खलामा आएको समस्याले नाफामा नकारात्मक असर पार्ने र यसले कम्पनीको शेयर १५ प्रतिशतसम्मले गिरावट आउने आकलन गरेको थियो।
‘यो वर्षको शुरुवातमा तुलनात्मक रुपमा व्यापार खस्किने र वर्षको उत्तरार्द्धमा सुधार भएर अझ मजबुत हुँदै जाने हामीले अपेक्षा गरेका छो’,कम्पनीका सीईओ फ्रान्स भान होटनले विज्ञप्तिमा जनाएका छन्।
यो अवस्थाले तुलनात्मक रुपमा सन् २०२२ मा ३ देखि ५ प्रतिशतको व्यापार वृद्धि देख्न सकिने र एबिटा मार्जिनमा ४० देखि ९० बेसिस प्वाइन्टको सुधार आउने पनि उनले बताए।
कम्पनीको स्लीप एन्ड रेस्पिरेटरी केयर यूनिटको वृद्धि भने ५ देखि ६ प्रतिशत रहने उनको भनाइ छ।
प्रकाशित: ११ माघ २०७८, मंगलवार