इन्टरनेट नभएपनि चलाउन सकिने राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा

  • Technology Khabar | १० माघ २०७८, सोमबार
इन्टरनेट नभएपनि चलाउन सकिने राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट र जीपीआरएस सेवा नपुगेका स्थानमा पनि सजिलै चलाउन सकिनेगरी मोबाइल बैंकिङ सेवा संचालनमा ल्याएको छ।

बैंकले इन्टरनेटको पहुँच नपुगेका विकट ग्रामिण भेगमा पनि मोबाईल बैंकिङको सेवा लिन सकिने गरी ‘आरबीबी युएसएसडी बैंकिङ’ सेवा संचालनमा ल्याएको हो।

अर्थमन्त्री जनार्दन शर्माले बैंकको ५७ औं बार्षिकोत्सवमा उक्त सेवाको भर्चुअल उद्घाटन गरेका हुन्। हाल ब्यालेन्स ईन्क्वाईरी, मोबाईल टपअप, फण्ड ट्रान्सफर, पिन परिवर्तनलगायतका सुविधाहरु रहेको उक्त प्रणालीमा अन्य सेवाहरु पनि थपिँदै जाने बैंकले जानकारी दिएको छ।

हालसम्म बैंकले जीपीआरएस र इन्टरनेटमा आधारित मोबाईल बैंकिङ सेवा प्रदान गर्दै आईरहेको थियो । तर, अब भने बैंकको मोबाईल बैंकिङ सेवा इन्टरनेटविनै चल्नेछ। यस्तै यो सामान्य मोबाईलमा पनि संचालन गर्न सकिने बैंकले जानकारी दिएको छ।

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • १० माघ २०७८, सोमबार