सिन्धुपाल्चोक जिल्लाबाट ई–पासपोर्ट जारी गर्न शुरु

  • Technology Khabar | १० माघ २०७८, सोमबार
सिन्धुपाल्चोक जिल्लाबाट ई–पासपोर्ट जारी गर्न शुरु
ई–पासपोर्टका लागि फोटोसहित तथ्यांक संकलन गरिँदै। फाइल तस्बिर

काठमाडौं ।

सिन्धुपाल्चोक जिल्लाबाट ई–पासपोर्ट जारी गर्न थालिएको छ। ई-पासपोर्ट जारी गर्न तयारी गरी माघ ७ गते परीक्षण भएको तथा माघ ९ गते देखि सामान्य रुपले आवेदन लिन शुरु भएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाअनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी दैनिक २५ वटा आवेदन लिईनेछ।

ई–पासपोर्टका लागि आवेदकले अनलाइनमार्फत फाराम भर्नु पर्नेछ।ई-पासपोर्टको आवेदन अनलाईन गर्नु पर्छ। जसको लागि https://nepalpassport.gov.np/ मा गई Apply for ePassport मा क्लिक गरी पढेर आफुलाई उपयुक्त हुने किसिमको राहदानी आवेदन गर्नुपर्छ। आवेदनको सङ्ख्या क्रमशः बढाउँदै जाने जनाइएको छ। १६ वर्षभन्दा माथिका निवेदकलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ।

आइतबार २५ जनाले नै ई–पासपोर्टका लागि आवेदन दर्ता गराएका थिए।

जिल्ला प्रशासन कार्यालयमै ई–पासपोर्ट बन्ने भएपछि राजधानी काठमाडौँ गएर बनाउनुपर्ने झन्झट हटेको सेवाग्राहीले बताएका छन्।

राहदानी बनेपछि सेवाग्राहीको मोबाइलमा जानकारी पठाइने र त्यसपछि नागरिकता र भौचर ल्याएर आवेदकले कार्यालयबाट ई–पासपोर्ट प्राप्त गर्ने जारी सूचनामा उल्लेख छ।

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...