
काठमाडौं ।
रोल्स रोयसको ई-एयरक्राफ्टले नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीको सबै विद्युतीय ‘स्पिरिट अफ इनोभेसन’ विमान आधिकारिक रूपमा विश्वको सबैभन्दा तिब्रगतिको विद्युतीय विमान (‘अल-इलेक्ट्रिक एयरक्राफ्ट’) भएको छ।
यसले दुई नयाँ विश्व कीर्तिमान बनाएको छ, जुन अहिले पुष्टि गरिएको छ। यो विमान ३ किलोमिटरको दूरीमा ५५५.९ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सफल भयो।
यो विमानसँगै कम्पनीले साइमेन्स इ एयरक्राफ्ट एक्स्ट्रा ३३० एलई एरोबेटिक (Siemens e-Aircraft Xtra 330 LE Aerobatic) को कीर्तिमान पनि तोडेको छ । यो सिमेन्स ई-विमानले सन् २०१७ मा २३१.०४ किमी प्रतिघण्टाको गतिमा उडान भरेको थियो।
ई-विमानको अधिकतम गति ६२३ किमी प्रतिघण्टा
दुबै कीर्तिमान फेडेरेशन एरोनाटिक इन्टरनेशनल (एफएआई) र वर्ल्ड एयर स्पोर्ट्स फेडरेशनद्वारा आधिकारिक रूपमा प्रमाणित गरिएको छ। जसले विश्व एयरोनटिकल र एस्ट्रोनटिकल रेकर्डहरूलाई नियन्त्रण र प्रमाणित गर्दछ। कीर्तिमान भंग गर्दा यो विमानको अधिकतम गति ६२३ किलोमिटर प्रतिघण्टा थियो। यही गतिका कारण यो विश्वको सबैभन्दा छिटो उड्ने ई–विमान बन्न सफल भएको छ।
रोल्स रोयस विमानले बेलायती रक्षा मन्त्रालयको विमान परीक्षण स्थल बोस्कम्बे डाउनमा १५ किलोमिटरसम्म प्रतिघण्टा ५३२.१ किलोमिटरको गतिमा उडेको थियो। विशेष कुरा के भने यो ई-एयरक्राफ्ट सबैभन्दा कम समयमा ३ हजार मिटरको उचाइमा पुग्ने कीर्तिमान पनि बनाएको छ।
It’s official! Our ‘spirit of Innovation’ breaks the speed record & becomes the world’s fastest all-electric vehicle. Setting 2 new world records which have now been independently confirmed. https://t.co/wQpdmKBojd@UKAeroInstitute @beisgovuk @YASAMotors @Electroflight #ACCEL pic.twitter.com/DGK3YRLbhL
— Rolls-Royce (@RollsRoyce) January 20, 2022
५०० एचपी पावर मोटर
यसको रेकर्ड-ब्रेकिङ उडानहरूको समयमा, यो विद्युतीय विमानले ४०० किलोवाटको विद्युतीय मोटर प्रयोग गरेको थियो। यो मोटरले ५०० एचपी सम्मको पावर उत्पादन गर्छ। परीक्षण पाइलटको अतिरिक्त, कम्पनीका उडान अपरेसन निर्देशक फिल ओ’डेल पनि यो रेकर्ड उडानको समयमा उपस्थित थिए।

यस रेकर्डको लागि, रोल्स-रोयसले उड्डयन ऊर्जा भण्डारण विशेषज्ञ यासासँग साझेदारी गरेको थियो। यस कार्यक्रमका लागि विकास गरिएको उन्नत ब्याट्री र प्रोपल्सन प्रविधिलाई उन्नत एयर मोबिलिटी बजारमा व्यापक रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: १० माघ २०७८, सोमबार