
काठमाडौं ।
ट्विटरले एनएफटी उत्साहीहरूलाई ट्विटर ब्लू सदस्यताको लागि भुक्तान गर्ने नयाँ कारण दिइरहेको छ। कम्पनीले नयाँ फिचरको परीक्षण गरिरहेको छ, जसले एनएफटी धनीहरूलाई उनीहरूको प्रोफाइल फोटोहरूमा प्रदर्शित एनएफटीहरु प्रमाणीकरण गर्न अनुमति दिन्छ।
ट्विटर ब्लू ग्राहकहरूका लागि प्रारम्भिक चरणमा नै रहेको “ल्याब्स” सुविधाको रूपमा प्रस्ताव गरिएको यो फिचरले एनएफटी मालिकहरूलाई आफ्नो क्रिप्टो वालेटलाई आफ्नो ट्विटर खातामा कनेक्ट गर्न र प्रोफाइल फोटोको रूपमा एनएफटी प्रदर्शन गर्न अनुमति दिन्छ। जबकि धेरै एनएफटीका मालिकहरूले पहिले नै आफ्नो प्रोफाइल फोटोहरूमा कला प्रयोग गरिसकेका छन्।
ट्विटर ब्लू फिचरले एनएफटी प्रमाणीकरण गरिएको र खाता पछाडिको व्यक्ति सो एनएफटीको आधिकारिक मालिक हो भनेर संकेत गर्ने आइकन पनि थप्नेछ।
यद्यपि ट्विटर ब्लू ग्राहकहरूले मात्र यो फिचरमा पहुँच गर्न सक्छन् र प्रमाणीकरण आईकन ट्विटरमा सबैले देख्न सक्नेछन्। र अन्य प्रयोगकर्ताहरूले तस्बिरमा एनएफटी बारे थप जान्नको लागि हेक्सागन आईकनमा ट्याप गर्न सक्नेछन्।
ट्विटरले पहिले नै एनएफटी प्रमाणीकरण सेवामा काम गरिरहेको संकेत गरेको थियो। कम्पनीले नोभेम्बरमा ३ डलर प्रति महिनामा सदस्यता सेवा सुरु गरेको हो।
एनएफटी फिचर “अझै सक्रिय विकास अन्तर्गत भएको कम्पनीले उल्लेख गरेको छ । यो अझै व्यापक रूपमा सुरू गर्ने योजना छ वा छैन भन्ने स्पष्ट छैन्।
प्रकाशित: ८ माघ २०७८, शनिबार