समुन्द्र मुनी राखिएका केबलमा समस्या आउँदा नेपालको इन्टरनेट प्रभावित

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
समुन्द्र मुनी राखिएका केबलमा समस्या आउँदा नेपालको इन्टरनेट प्रभावित

काठमाडौं ।

नेपालमा इन्टरनेट सेवामा भएको सुस्तता समुन्द्र मुनी राखिएका केबलमा आएको समस्याका कारण भएको नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले जनाएको छ ।

अन्तर्राष्ट्रिय रुपमा इन्टरनेट प्रवाहको लागि प्रयोग हुने सब मरिन केबलमा समस्या देखिएका कारण नेपालको इन्टरनेट सेवा प्रभावित भएको सेवा प्रदायकहरुले जनाएका छन् ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानले विज्ञप्ति जारी गर्दै विश्वभर इन्टरनेट सेवा प्रवाहको लागि समुद्रमुनी बिछ्याइएको सब मरिन केबलहरुमा समस्या भईरहेको जानकारी दिएको छ।

“नेपालमा अन्तराष्ट्रिय इन्टरनेट सेवा उपलब्ध गराउने टाटा एयरटेल सिफीकाअनुसार मुम्बई खाडी मार्गमा रहेको सब मरिन केबलहरुमा समस्या देखिएको छ।यस कारण मुम्बई हुँदै युरोप मध्यपूर्व र अमेरिकामा पठाईने इन्टरनेट ट्राफिकमा असर परेको छ।” आइस्पानले भनेको छ।

अपस्ट्रिम भनिने त्यस्ता सेवा प्रदायकले समुद्रमुनी बिछ्याएको तारमा समस्या देखिएपछि वैकल्पिक मार्गहरु प्रयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

तर वैकल्पिक मार्ग प्रयोग गर्दा इन्टरनेट सेवामा लेटेन्सी बढ्ने र प्याकेट ड्रप हुनसक्ने भएकाले इन्टरनेट सेवामा समस्या हुनसक्ने सेवा प्रदायकले बताएका छन्।

समुद्रमुनी बिग्रिएको तार मर्मतको लागि जहाज, अनुमति लिने कार्य, पानीको अवस्था, मौसमजस्ता कारणले केही साता मर्मतको लागि लाग्ने र त्यसको लागि अपस्ट्रिम प्रदायकहरुसँग निरन्तर सम्पर्कमा रहेको इन्टरनेट सेवा प्रदायकले जनाएका छन् ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार