
काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को क्षेत्रमा काम गर्दै आएको फ्युजमेसिन्सले नेपालमा एआई फेलोशिप २०२२ को घोषणा गरेको छ।
ईन्जिनियरिङ विद्यार्थीहरू, स्नातक र स्नातकोत्तरहरूलाई एआईमा क्यारियरको लागि उपयुक्त बनाउनको लागि बृहत ध्यान केन्द्रित गर्ने गरी फ्युजमेसिन्सले एआई फेलोशिप ल्याएको जनाएको छ।
यूकेएड स्कील्स फर इम्प्लोइमेन्ट (सीप) को सहयोगमा विगत २ वर्षदेखि फ्युजमेसिन्सले यो कार्यक्रम गर्दै आएको छ। यस कार्यक्रमको मुख्य अभिप्राय क्षमता अभिवृद्धि हो। पहिलो पटक सन् २०१७ मा सुरु गरिएको र नियमित रूपमा अद्यावधिक गरिएको कार्यक्रम एपिसोडिक रूपमा नवीन र अप-टु-डेट पाठ्यक्रमहरू प्रस्ताव गर्न पुन: निर्माण गरिएको फ्युजमेसिन्सले वेबसाइटमा जानकारी दिएको छ।
यस वर्षको फेलोशिपले फ्युजमेसिन्सको अधिकारअन्तरगत रहेको माइक्रो डिग्री कार्यक्रमहरू प्रदान गर्ने जानकारी दिएको छ। फेलोहरूले कार्यक्रमको सफल समापन पछि पूर्ण छात्रवृत्ति र सम्भावित जागिर नियुक्ति अवसर प्राप्त गर्ने संस्थाको दाबी छ।
यस कार्यक्रममा जम्मा १०० जना गणित, ईन्जिनियरिङ र कम्प्युटर विज्ञान पृष्ठभूमि भएका विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरू तथा स्नातक उतीर्णहरूलाई परिक्षामार्फत आबद्ध गरिनेछ।
एक वर्ष लामो यस द्रुतगतिको कार्यक्रममा मेसिन लर्निङ, डिप लर्निङ्ग, नेचुरल ल्यांग्वेज प्रोसेसिङ्ग र कम्प्युटर भिजनको पाठ्यक्रमहरू छन् । जसमा ४ ओटा कोर्षहरु प्रत्येक ३ महिनाको लागि तयार पारिएको छ।
कार्यक्रमको अन्त्यसम्ममा, विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ र डीप लर्निङ एल्गोरिदमका साथै अन्तर्निहित गणित र कोडको ठोस बुझाइको विकास गर्ने बताईएको छ।
यदि तपाईँ पनि फ्युजमेसिन्सको फेलोशिप चाहनुहुन्छ भने यहाँ क्लिक गरेर आवेदन दिनुहोस् ।
प्रकाशित: ७ माघ २०७८, शुक्रबार