बागमती प्रदेशमा यातायातका सेवा अनलाइन माध्यमबाट सञ्चालन गर्न मन्त्रीको निर्देशन

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
बागमती प्रदेशमा यातायातका सेवा अनलाइन माध्यमबाट सञ्चालन गर्न मन्त्रीको निर्देशन

काठमाडौं ।

बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायातसम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन निर्देशन दिएका छन्।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रमको भर्चुअल माध्यमबाट निर्देशन दिँदै मन्त्री दाहालले यातायात सेवामा बागमतीलाई मुलुककै नमुना बनाउने आफ्नो मुख्य कार्यभार रहेको स्पष्ट पारे।

दाहालले कोरोना कहर बढेको भन्दै आम सेवाग्राहीहरुको सहजता र आफ्नै सुरक्षाका लागि पनि यातायातका सेवा अनलाइन माध्यमबाट सञ्चालन गर्न थप निर्देशन दिए।

मन्त्री दाहालले कार्यालयहरुमा सेवाग्राहीको चाप कम गर्न बिलबुक नविकरणलाई अनलाइन माध्यमबाट सञ्चालन गर्नुपर्ने भन्दै उक्त कार्यका लागि मन्त्रालयले आवश्यक समन्वय गर्न तयार रहेको बताए।

यसैगरि उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन विशेष जोड दिए।

समीक्षा कार्यक्रममा आ.बा २०७८ ०७९ को अर्धवार्षिक समयावधिमा कार्यालयहरुले सम्पादन गरेका कामहरुका साथै आम्दानी र खर्च विवरण र सेवाप्रवाहको यथार्थ विवरण सहित आफ्ना कार्यालयहरुमा काम गर्दा देखापरेका समस्याहरूका विषयमा मातहतका कार्यालय प्रमुखहरुले रिपोर्टिङ्ग गरेका थिए।

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार