
काठमाडौं ।
आर्थिक वर्ष २०७८/७९ को मंसिर महिनामा क्यूआर कोडमार्फत ६ अर्ब २८ करोड २० लाख रुपैयाँको कारोबार भएको छ।
यो आँकडा कार्तिक मसान्तसम्ममा ५ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबर रहेको थियो।
यसरी हेर्दा कार्तिक मसान्तदेखि मंसिर मसान्तसम्मको एक महिनामा क्यूआर कोडमार्फत् हुने कारोबार रकममा ९२ करोड रुपैयाँले वृद्धि भएको देखिन्छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मंसिर मसान्तसम्मको चालु स्थूल वित्तीय प्रतिवेदनका अनुसार कार्तिक मसान्तदेखि मंसिर मसान्तसम्मको एक महिनामा क्यूआर कोडमार्फत भएको कारोबार संख्यामा पनि २ लाख ६१ हजार ८१३ ले बढेको छ।
एक महिनाअघि अर्थात् कार्तिक मसान्तसम्ममा यो कारोबारको संख्या १३ लाख ८७ हजार ५८४ रहेको थियो। यो आँकडा मंसिर मसान्तमा आइपुग्दा १६ लाख ४९ हजार ३९७ मा पुगेको छ।
प्रकाशित: ४ माघ २०७८, मंगलवार