फेसबुकको मेटा अब ग्याजेटमा कदम राख्दै, एप्पलसँग प्रतिस्पर्धा गर्न २ ओटा स्मार्टवाच लन्च गर्ने

  • Technology Khabar | ४ माघ २०७८, मंगलवार

काठमाडौं ।

सामाजिक सञ्जाल प्लेटफर्म क्षेत्रमा आफ्नो दबदबा कायम गरेपछि अब फेसबुकको मुख्य कम्पनी मेटा स्मार्ट ग्याजेट क्षेत्रमा पनि प्रवेश गर्न तयार भएको छ। हालसालै आएको रिपोर्टका अनुसार मेटा कम्पनीले आफ्ना २ नयाँ स्मार्टवाचमा काम गरिरहेको छ। यीमध्ये एउटा स्मार्टवाच आगामी केही महिनामा नै लन्च हुन सक्नेछ।

प्रयोगकर्ताहरूले यो स्मार्टवाचमा धेरै विशेष सुविधाहरू पाउनेछन्। यी दुईको विशेष विशेषताहरू के हुनेछन् भन्ने कुरा बिस्तारमा बुझौं।

शक्तिशाली क्यामरा सुविधाहरू

रिपोर्टका अनुसार, तपाईंले फेसबुक स्मार्टवाचमा भिडियो कलिङका लागि प्राथमिक क्यामरा पाउनुहुनेछ। यसबाहेक, फोटो क्लिक गर्न र भिडियो रेकर्ड गर्नको लागि यस स्मार्टवाचको पछाडि पनि क्यामरा हुनेछ।

यस मार्फत तपाईले विभिन्न कोणबाट फोटो वा भिडियो क्लिक गर्न सक्नुहुनेछ। यस बाहेक यसमा फोरजी सुविधा पनि पाउनुहुनेछ।

स्वास्थ्यको पनि अनुगमन गर्न सकिने

यो स्मार्टवाचमा भीआर र एआर जस्ता फिचरहरू पनि हुने रिपोर्टले दाबी गरेको छ। यसको मतलब यो भीआर सेटको रूपमा प्रयोग गर्न सकिन्छ। यो स्मार्टवाचमा स्वास्थ्यसँग सम्बन्धित धेरै सुविधाहरू पनि हुनेछन्। यसमा तपाईले हार्ट रेट ट्र्याकिङ, स्टेप काउन्टिङ, स्लीप मोनिटरिङ र बडी टेम्परेचर सेन्सर जस्ता सुविधाहरू पाउनुहुनेछ।

रिपोर्टका अनुसार यो स्मार्टवाचको पहिलो भेरियन्ट यसै वर्ष मार्च/अप्रिलमा लन्च हुन सक्नेछ। यसमा तपाईले सेतो, कालो र सुनौलो रंगको विकल्प पाउनुहुनेछ भन्ने बताइएको छ। मेटाको नयाँ स्मार्टवाच करिब ४०० डलरको हाराहारीमा आउने अनुमान गरिएको छ।

प्रकाशित: ४ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार