
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्रीहरु बन्द गर्ने आदेश पालना नगरेको र अनुमतिपत्रको शर्तहरु पालना नगरेकोमा कस्मिक नेट प्रालिलाई कारबाही गरेको छ।
प्राधिकरणले सो कम्पनीमा गरेको अनुगमनको क्रममा अनुमतिपत्रको शर्तहरु पालना गरेको नपाईएकोले भेटिएको थियो ।
त्यसैगरी उक्त संस्थाले इन्टर्नेट सेवा प्रदान गरे वापत ग्राहकसँग लिइने महशुल दर प्राधिकरणबाट स्वीकृत गरी लागु नगरेको र यौनजन्य अश्लिल सामाग्रीहरु बन्द गरेको भेटिएको थियो ।
सोही कारण नियमनकारी निकायले एक पटकको लागि कस्मिक नेटलाई सचेत गराई प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका शर्तहरु पूर्ण पालना गर्ने तर्फ ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
यसअघि नै सरकारको निर्देशनअनुसार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई नेपालभित्र कुनैपनि इन्टरनेट सेवामा यौनजन्य अश्लिल सामाग्रीहरु खोल्न नसकिने बनाउन निर्देशन दिएको थियो।
प्रकाशित: २ माघ २०७८, आईतवार