व्यक्तिका लागि बिटक्वाइन माइनिङ गर्न सहज बनाउँदै ज्याक डोर्सीको कम्पनी

  • Technology Khabar | २ माघ २०७८, आईतवार
व्यक्तिका लागि बिटक्वाइन माइनिङ गर्न सहज बनाउँदै ज्याक डोर्सीको कम्पनी

काठमाडौं ।

यदि तपाईं बिटक्वाइनको समर्थक हुनुहुन्छ र यसमा पैसा कमाउने सोचमा हुनुहुन्छ भने, यो खबर तपाईंको लागि महत्त्वपूर्ण छ। छिट्टै तपाईँले घरमै बसीबसी बिटक्वाइन माइनिङ गरेर सजिलै पैसा कमाउन सक्नुहुन्छ।

वास्तवमा, ज्याक डोर्सीले यसलाई सम्भव बनाउन प्रयास गर्न थालेका छन्। ज्याक ट्विटरको पूर्व सीईओ हुन र अहिले बिटक्वाइन माइनिङमा काम गरिरहेका छन्।

रिपोर्ट अनुसार, भुक्तानी कम्पनी ब्लक इंकले बिटक्वाइन माइनिङको लागी एक प्रणाली बनाउँदै छ। यस कम्पनीका सीईओ ज्याक डोर्सी हुन्।

रिपोर्टका अनुसार, ब्लक इंक कम्पनीका हार्डवेयर जनलर म्यानेजर थोमस टेम्पलटनले उनको कम्पनी बिटक्वाइन माइनिङलाई केही हातहरूमा सीमित गर्न चाहँदैन।

“हामी यसको माइनलाई सकेसम्म धेरै मानिसहरूको पहुँचयोग्य बनाएर प्रभावकारी बनाउन चाहन्छौं। यस प्रक्रियामा यसको माइन, यसको सेटअप र यसको खरिद बिक्री पनि समावेश छ।” उनले भनेका छन्।

उनले माइनिङलाई भविष्यको दीर्घकालीन आवश्यकताका रूपमा हेर्छन् र यसलाई विकेन्द्रीकृत र अनुमतिविहीन भएको बनाउनुपर्नेमा जोड दिन्छन्।

कम्पनीको यो नयाँ पहल बारे यसका सीईओ ज्याक डोर्सीले पनि ट्वीट गर्दै पुष्टि गरेका छन् ।

उनले आफ्नो ट्वीटमा भनेका छन्, “हामी समुदायसँग मिलेर खुल्ला तरिकाले माइनिङ गर्छौं । हाम्रो टोलीले बिजुली खपत, माइनिङ उपकरणमा पहुँच र यसले गर्दा हुने ध्वनी प्रदुषण जस्ता समस्याहरू हटाउने प्रयास गर्नेछ।”

ट्विटरका सहसंस्थापक डोर्सीको यो कम्पनी ब्लक इंकलाई कुनै समय स्क्वायर पनि भनिन्थ्यो। यो कम्पनीले प्रयोगकर्ताहरूलाई नगद एपको सहयोगमा बिटक्वाइन किन्न र बिक्री गर्न प्लेटफर्म प्रदान गर्दछ। यो कम्पनीले भौतिक बिटक्वाइन वालेटमा पनि काम गरिरहेको छ। ट्विटर छोडेर डोर्सी यस कम्पनीमा ध्यान केन्द्रित गरिरहेका छन्।

स्मरण रहोस् नेपालमा बिटक्वाइनसहितका क्रिप्टोकरेन्सीको कारोबार पूर्ण प्रतिबन्धित छ।

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार