
काठमाडौं ।
भर्जिन अर्बिट रकेट ७ ओटा साना स्याटेलाइट लिएर बिहीबार सफलतापूर्वक अक्षमा पुगेको छ।
क्यालिफोर्नियाको समुद्री किनाराबाट प्रक्षेपण गरिएको उक्त रकेट कम्पनीको यस वर्ष प्रक्षेपणको गति बढाउने योजना अनुरुप भएको बताइएको छ।
भर्जिन अर्बिटको परिमार्जित बोइङ ७४७ दक्षिणी क्यालिफोर्नियाको मरुभूमिमा रहेको मोजाभे एयर एन्ड स्पेस पोर्टबाट उडेको र प्रशान्त महासागर भएर उड्दै गर्दा यसले आफ्नो बायाँ पखेटाबाट लञ्चर१ रकेट खसालेको थियो।
एनडीटीभीका अनुसार ७० फिट लामो बूस्टरमा ३५ हजार फिटमाथि आगो लगाइएको र त्यसपछि यो आकाशतर्फ उडेको थियो। कम्पनीले पछि त्यसमा रहेका सबै स्याटेलाइटहरु सफलतापूर्वक अर्बिटमा डिप्लोय भएको जानकारी दिएको थियो।
https://twitter.com/VirginOrbit/status/1481776527553404931
भर्जिन अर्बिटले बोकेको पेलोडमा अमेरिकी रक्षा विभाग, पोल्याण्डको कम्पनी स्याटरेभोल्युशन तथा अन्तरराष्ट्रिय कम्पनी स्पायर ग्लोबलका स्याटलाइट रहेका बताइएको छ।
भर्जिन अर्बिट २०१७ मा रिचर्ड ब्रान्सनले स्थापना गरेको कम्पनी हो जसले साना स्याटेलाइट बजारलाई लक्षित गरेको छ।
प्रकाशित: १ माघ २०७८, शनिबार