त्रिभुवन विश्वविद्यालयको बीआइटी विषयको भर्नाका लागि आवेदन खुला

  • Technology Khabar | २८ पुष २०७८, बुधबार
त्रिभुवन विश्वविद्यालयको बीआइटी विषयको भर्नाका लागि आवेदन खुला

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तह सूचना प्रविधि अर्थात व्याचलर्स इन इन्फर्मेसन टेक्नोलोजी (बीआइटी) विषयको भर्नाका लागि आवेदन खुला गरेको छ। त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगत चार वर्षे स्नातक तहका लागि बीआइटी कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुलाएको हो।

प्रवेश परीक्षाका लागि आगामी माघ ३ गतेदेखि माघ च२६ गतेसम्म आवेदन दिने अवधि तोकिएको छ। परीक्षार्थीले अनिवार्य अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

http://www.tuiost.edu.np/ वेवसाइटमा गई बिआइटी प्रवेश परीक्षाको लिंकमा आवेदक स्वयंले आवेदन दिएर यही वेबसाइटबाट फर्म सबमिट गर्नुपर्ने त्रिविले जनाएको छ। प्रवेश परीक्षाको शुल्क एक हजार पाँच सय रुपैयाँ तोकिएको छ।

सो वेबसाइट माघ ३ गते १० बजेपछि मात्र संचालनमा आउने बताईएको छ।

तोकिएको मितिभित्र आवेदन दिन छुटाएकाहरुले माघ २७ गतेदेखि फागुन ४ गतेसम्ममा दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने बताइएको छ।

त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा सेमेस्ट परीक्षा प्रणालीअन्तरगत ग्रेडिङ्ग सिस्टमअनुसार चार वर्षे बीआइटी विषयको पठन–पाठन हुँदै आएको छ।

प्रकाशित: २८ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार