
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न निर्देशन दिएको छ। कोभिड १९ संक्रमण बढेपछि सोमबार बैंकहरुलाई चार बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले एटीएमका ढोकाहरु खुला राख्न निर्देशन दिएको छ।
बैंक तथा वित्तीय संस्थाद्वारा संचालित एटीएम बुथबाट हुनसक्ने संक्रमण जोखिम कम गर्न एटीएम बुथको ढोका खुलै राख्न निर्देशन दिएको हो।
यसका साथै संक्रमण सर्न सक्ने भन्दै शाखा कार्यालयहरुमा भौतिक दूरी कायम गर्न भनेको छ।
राष्ट्र बैंकले सभा, समारोह वा सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यमबाट सम्पन्न गराउन समेत भनेको छ ।
सेनिटाइजर तथा मास्क अनिवार्य गरेर उच्च सावधानीका साथ सेवा उपलब्ध गराउन बैंकहरुलाई भनिएको छ ।
सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ भने मंगलबारदेखि विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ।
प्रकाशित: २६ पुष २०७८, सोमबार