कामना सेवा विकास बैंक र मोको एप बीच डिजिटल भुक्तानीको लागि साझेदारी

  • Technology Khabar | २६ पुष २०७८, सोमबार
कामना सेवा विकास बैंक र मोको एप बीच डिजिटल भुक्तानीको लागि साझेदारी

काठमाडौं ।

कामना सेवा विकास बैंक लिमिटेड र मोको एप बिच फोकसवान पेमेन्ट सलुसन्सको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र फोकसवान पेमेन्ट सलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरे।

मोको एप नेपालमा पहिलो ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्ने बताईएको छ।

कामना सेवा विकास बैंकका भिसा कार्ड प्रयोगकर्ताहरूले अब मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् – जस्तै टेलिकम टपअप, इन्टरनेट र बिजुलीको बिल, आदि। यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन नपर्ने बैंकले जनाएको छ।

प्रकाशित: २६ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...