नेपालको कदम पछ्याउँदै छिमेकी देश भारत, ई-पासपोर्ट लागू गर्ने तयारीमा

  • Technology Khabar | २७ पुष २०७८, मंगलवार
नेपालको कदम पछ्याउँदै छिमेकी देश भारत, ई-पासपोर्ट लागू गर्ने तयारीमा

काठमाडौं ।

नेपालमा यसअघि नै लागू भईसकेको ई-पासपोर्टको सेवा देशभर बिस्तार हुँदैछ। बायोमेट्रिक प्रणालीसहितको ई-पासपोर्ट राहदानी विभागले जारी गरिरहेको छ।

नेपालकै प्रणाली र ई पासपोर्ट प्रकृयालाई छिमेकी देश भारतले पनि पछ्याउने भएको छ।

को भारतीय मिडियाको रिपोर्टअनुसार भारतले छिट्टै देशमा ई–पासपोर्ट सेवा सुरु गर्ने भएको हो। हालसालै भारतीय विदेश मन्त्रालयका सचिव सञ्जय भट्टाचार्यले ट्वीट गर्दै भारतीय नागरिकले छिट्टै ई–पासपोर्ट पाउने सम्भावना रहेको बताए।

भारतमा ई–पासपोर्ट सञ्चालनमा आएसँगै हराएको, जलेको वा बिग्रेको राहदानीको झन्झट पनि कम हुनेछ। कागजी राहदानीभन्दा ई–पासपोर्ट बढी सुरक्षित र सुविधाजनक हुनेछ। हाल, भारतको राहदानी पुस्तिकाको रूपमा छ।

विदेश मन्त्रालयका सचिवले ई–पासपोर्टलाई बायोमेट्रिक डाटाले सुरक्षित गर्ने र विश्वव्यापी रूपमा अध्यागमनका आवश्यकताहरू पूरा गर्ने बताए ।

यसको लागि भारतको विदेश मन्त्रालयले टाटा कन्सल्टेन्सी सर्भिससँग ई-पासपोर्टका लागि सम्झौता गरेको छ। राहदानी सेवा कार्यक्रमको दोस्रो चरणअन्तर्गत माइक्रोचिप जडान गरिएको ई–पासपोर्टका लागि यो सम्झौता भएको बताईएको छ।

यस्तो ई–पासपोर्ट भारतकै सेक्यूरिटी प्रेसमा छापिने समेत उनले जानकारी दिए।

तर भारतले ई–पासपोर्ट सेवा कहिलेदेखि शुरु गर्दछ भन्ने कुनै जानकारी छैन्।

प्रकाशित: २७ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...