मोबाइल सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्दै प्राधिकरण

  • Technology Khabar | २६ पुष २०७८, सोमबार
मोबाइल सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्दै प्राधिकरण
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्नका लागि आशयपत्र आह्वान गरेको छ।

नेपाल सरकारको बजेटमा सम्पन्न हुने यो परियोजना प्याकेज १, २ र ३ गरी तीन भागमा बाँडिएको छ।

प्याकेज १ मा प्रदेश १ र प्रदेश २, प्याकेज २ मा बागमती र गण्डकी प्रदेश तथा प्याकेज ३ मा लुम्बिनी, सुदूर पश्चिम तथा कर्णाली प्रदेशमा मोबाइल सेवाको गुणस्तर मापन गराइने प्राधिकरणले जनाएको छ।

प्याकेजक्षेत्रड्राइभ टेस्ट रुट लम्बाइ किमीशहरी क्षेत्र किमीग्रामीण क्षेत्र किमीराजमार्ग/उपराजमार्ग किमी
प्रदेश १३ हजार१ हजार ५००९ सय६ सय
प्रदेश २३ हजार१ हजार ५००९ सय६ सय
बागमती३ हजार१ हजार ५००९ सय६ सय
गण्डकी३ हजार१ हजार ५००९ सय६ सय
लुम्बिनी३ हजार१ हजार६ सय४ सय
सुदूरपश्चिम३ हजार१ हजार६ सय४ सय
कर्णाली३ हजार१ हजार६ सय४ सय

यो परियोजनाले देशका विभिन्न प्रदेशहरुमा उपलब्ध दूरसञ्चार सेवा प्रदायकहरुका भ्वाइस, एसएमएस तथा डाटा सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्ने उद्देश्य राखेको छ।

यसका लागि इच्छुक र योग्यता पुगेका परामर्शदातृले आगामी जनवरी २१ मध्याह्न १२ बजेभित्र प्राधिकरणको कार्यालय जमलमा वा अनलाइनमार्फत् www.bolpatra.gov.np/egp मा वा https//:nta/gov.np/en/ मार्फत् पनि बुझाउन सकिने सूचनामा उल्लेख छ।

उक्त समयभित्र आएका रित पुगेका संस्थाहरुलाई क्यूईसी प्रक्रियाबाट छानिनेछ जसमा गुणस्तरको ५० प्रतिशत, अनुभवको ४० प्रतिशत तथा कार्यक्षमताको १० प्रतिशत अंकभार रहने उल्लेख छ।

छानिएका परामर्शदातृले विभिन्न प्याकेजअन्तर्गतका सबै प्रदेशहरुमा दूरसञ्चार सेवा गुणस्तर सम्बन्धी  उपनियम २०७३ अन्तर्गत प्राधिकरणले तोकेबमोजिमको क्यूओएस मिजरमेन्ट युजिङ ड्राइभ टेस्टका लागि मानक सञ्चालन प्रक्रियाअनुरुप बेन्चमार्किङ सोलुशन प्रयोग गरी ड्राइभ टेस्ट गर्नुपर्ने सूचनामा उल्लेख छ।

विभिन्न ती औटा प्याकेजहरु समापन गर्नका लागि पनि सूचनामा समयसीमा तोकिएको छ।

प्याकेजक्षेत्रप्याकेजका लागि
प्याकेज १प्रदेश १  र २सम्झाैता भएको ५ महिना
प्याकेज २बागमती र गण्डकीसम्झाैता भएको ५ महिना
प्याकेज ३लुम्बिनी, सु.प., कर्णालीसम्झाैता भएको ५ महिना

छानिएका परामर्शदातृले सबै विवरणसहित नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रतिवेदन बुझाउने र प्राधिकरणका अधिकारीहरुसमक्ष प्रिजेन्टेशन पनि पेश गर्नुपर्नेछ।

प्रकाशित: २६ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार