शाओमी ११टी प्रो भारतमा जनवरी १९ मा आउने

  • Technology Khabar | २६ पुष २०७८, सोमबार
शाओमी ११टी प्रो भारतमा जनवरी १९ मा आउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो ११ टी प्रो स्मार्टफोन भारतमा आगामी जनवरी १९ मा उपलब्ध गराउने भएको छ।

कम्पनीले यो मोडल चीनमा गत अक्टोबरमै सार्वजनिक गरे पनि भारतमा भने उपलब्ध गराएको थिएन। त्यसै क्रममा अब भने यो स्मार्टफोन आगामी जनवरी १९ मा भारतमा आउने कम्पनीले सुनिश्चित गरेको हो।

हालै सार्वजनिक भएको टिजरमा फोनका लागि हाइपर भन्ने ट्यागलाइन प्रयोग गरिएको छ भने यसैमा आधारित १२० हर्जको बीचमा पन्चहोल भएको हाइपरभ्यू एमोलेड डिस्प्ले रहने बताइएको छ।

शाओमीको ११टी प्रो मोडल १२० वाट वायर्ड चार्जिङ सेटअपका साथ आउँछ भने यसमा पावरका लागि स्न्यापड्रागन ८८८ चिपसेट राखिएको छ। जीएसएमएरिनाका अनुसार यो डिभाइसमा पछाडिपट्टि १०८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ।

टिजरमा यो भन्दा थप कुनै पनि विवरण समावेश गरिएको छैन।

प्रकाशित: २६ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...