फेरि विस्फोट भयो वनप्लसको स्मार्टफोन, भारतीय प्रयोगकर्ताले पोस्ट गरे तस्बिर

  • Technology Khabar | २६ पुष २०७८, सोमबार

काठमाडौं ।

सन् २०२१ मा, वनप्लस नर्ड २ स्मार्टफोन ब्लास्ट भएको धेरै केसहरू समाचारमा पढ्यौं। वर्ष २०२२ सुरु भइसकेको छ तर फोन ब्लास्टको शृंखला अझै पनि वनप्लसबाट हट्न सकेको छैन।विशेषगरी छिमेकी देश भारतमा यस्ता स्मार्टफोन ब्लास्टको घट्ना भएका समाचारमा आईरहेका छन्।

यस पटक पनि भारतमा वनप्लसको बजेट डिभाइस वनप्लस नर्ड सीई ब्लास्ट भएको छ जहाँ प्रयोगकर्ताले खल्तीबाट डिभाइस निकालेपछि विस्फोट भएको जानकारी दिएको बीजीआर डट आईएनको रिपोर्टमा उल्लेख छ।

भारतीय ट्विटर प्रयोगकर्ता दुष्यन्त गिरी गोस्वामीले आफ्नो ६ महिना पुरानो वनप्लस स्मार्टफोन ब्लास्ट भएको बताएका छन् । उनले ट्वीटमा ब्लास्ट भएको वनप्लस नर्ड सीईको तस्विरहरू पनि साझा गरे। यी तस्विरहरूमा वनप्लस डिभाइसको पछाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिन्छ।

पछाडीको प्लास्टिक पग्लिएर हराएको जस्तो देखिन्छ। यी तस्बिरहरूमा तपाईले फोनको ब्याट्री पनि देख्न सक्नुहुन्छ।

दुष्यन्त गिरीले जनवरी ४ को आफ्नो मूल ट्वीटमा जनवरी ७ मा अर्को ट्वीट जोडेका थिए।

यसमा उनले वनप्लसले फोन ब्लास्ट प्रकरणको सम्बन्धमा उनलाई सम्पर्क गरेको र मंगलबारसम्म नयाँ युनिट दिने वाचा गरेको बताए।

वनप्लस नर्ड सीई विस्फोट भएको यो पहिलो पटक हो। तर त्यस्ता घटनाहरू ब्रान्डको अन्य नर्ड फोन वनप्लस नर्ड २ सँग धेरै पटक भएका छन्। यी मध्ये एउटा घटना गलत भएको पाइएको थियो तर अन्य सबै मामिलाहरूमा ब्रान्डले यी दुर्घटनाहरू बाह्य कारणले भएको बताएको छ।

यस विषयमा कम्पनीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। गिरीले हाल आफ्नो सो बारेको ट्वीट समेत डिलिट गरिसकेका छन्।

प्रकाशित: २६ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार