
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार कन्ट्याक ट्रेसिङमा परेपछि आइतबार पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । कन्ट्याक ट्रेसिङमा परेपछि उनले आइतबार बिहानैदेखि भेटघाट बन्द गरेका थिए।
प्रवक्ता सिंहका अनुसार उनका चालकको पीसीआर रिपोर्ट भने पोजिटिभ आएको छ। चालकको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि मन्त्री कार्की केही दिन चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमै बस्ने प्रवक्ता सिंहको भनाइ छ ।
‘उनको नेगेटिभ रिपोर्ट आए पनि चालकको पोजिटिभ आएको छ’, प्रवक्ता सिंहले भने, ‘उहाँ अब केही दिन होम आइसोलेसनमै बस्नुहुन्छ ।’
मन्त्री कार्कीका चालकको रिपोर्ट पोजिटिभ आएपछि मन्त्रालयका अन्य कर्मचारीलाईसमेत आइसोलेसनमा बस्न अनुरोध गरिएको छ। गोरखापत्रअनलाइनबाट
प्रकाशित: २५ पुष २०७८, आईतवार