कामना सेवा विकास बैंकको मोबाइल एपमार्फत शाखा रहित बैंकिङ्ग सेवा

  • Technology Khabar | २५ पुष २०७८, आईतवार
कामना सेवा विकास बैंकको मोबाइल एपमार्फत शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं ।

नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा शनिबार सेवा सञ्चालन प्रारम्भ गरेको हो।

बैंकले वडा नं ५ का वडा अधक्ष शिव प्रसाद कडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माबाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधि, स्थानिय तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित: २५ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...