मोबाइल गेम पब्जीको लतमा रहेका युवा-युवती मृत फेला

  • Technology Khabar | २३ पुष २०७८, शुक्रबार
मोबाइल गेम पब्जीको लतमा रहेका युवा-युवती मृत फेला

काठमाडौं ।

विश्वभर अनलाइन तथा मोबाइल गेम पब्जीको क्रेज र लोकप्रियता निकै रहेको छ। सन् २०२१ मा विश्वभर सबैभन्दा धेरै रकम खर्च गरिएको एपमा पब्जी नम्बर १ मा परेको थियो । नेपाली युवा युवतीहरुबिच पनि पब्जी गेम निकै लोकप्रिय रहेको छ।

नेपालका टिमहरु अन्तर्राष्ट्रिय पब्जी गेम खेल्न समेत सहभागी हुने गरेका छन भने कतिपय गेममा उत्कृष्ट समेत भएर लाखौं रुपैयाँ हात पारेका छन्।

यसैबिच पब्जीको लतमा रहेका युवा युवतीहरुको शव भेटिएको छ।

महानगर प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीलाई उदृत गर्दै विभिन्न संचारमाध्यममा आएको जानकारीअनुसार मोबाइल गेम पब्जीमार्फत भेट भएका दुईको शव काठमाडौं महानगरपालिका–६ बौद्धको एक घरमा भेटिएको हो। राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनीहरुको शव भेटिएको हो।

संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला परेका हुन्।

मृत दुवै जना २०–२२ दिनदेखि लिभिङ टुगेरमा बस्दै आएको र उनको चिनजान पब्लिक गेम पब्जीबाट भएको पछिल्लो अनुसन्धानबाट खुलेको मैनालीको भनाइ छ। उनीहरु दुबैजना पब्जीको लतमा रहेको समाचार रिपोर्टमा उल्लेख छ।

यस बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार