बिटक्वाइनको मूल्य सेप्टेम्बर यताकै सबैभन्दा कम

  • Technology Khabar | २३ पुष २०७८, शुक्रबार
बिटक्वाइनको मूल्य सेप्टेम्बर यताकै सबैभन्दा कम

काठमाडौं ।

शुक्रबार बिटक्वाइनको मूल्य ५ प्रतिशतले घटेर सेप्टेम्बर यताकै सबैभन्दा कममा झरेको छ। झरेको मूल्य अनुसार यो ४१ हजार डलरभन्दा कममा आएको छ।

बिटक्वाइनको मूल्य प्रतिशत झरेर ४० हजार ९३८ डलरमा आइपुगेको हो। यो आँकडा गत सेप्टेम्बर २९ यताकै सबैभन्दा कम हो।

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका रुपमा रहेको बिटक्वाइन नोभेम्बरमा ६९ हजारमा पुगेर त्यसयता समग्रमा ४० प्रतिशत घटेर यो अवस्थसम्म आइपुगेको हो।

यो हप्ता बिटक्वाइन नेटवर्कको वैश्विक कम्प्युटिङ क्षमतामा निकै ह्रास आएको छ। कजाख्स्तानको इन्टरनेट बन्द भएका कारण त्यहाँ उच्च मात्रामा भइरहेको क्रिप्टो माइनिङमा नकारात्मक असर परेको बुझिएको छ।

प्रकाशित: २३ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार