युनिमनी र आइएमई पे बिच सम्झौता, राफल ड्र क्याम्पियनमा आइफोन १३ र सुनको सिक्का जित्ने मौका

  • Technology Khabar | २२ पुष २०७८, बिहीबार
युनिमनी र आइएमई पे बिच सम्झौता, राफल ड्र क्याम्पियनमा आइफोन १३ र सुनको सिक्का जित्ने मौका

काठमाडौं ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जवीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ।

र्याफल ड्र क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरु युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइटमार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन १३ साथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् ।

सोही क्याम्पियनको अवधि १७ पुस, २०७८ देखि फागुन ३०, २०७८) सम्म जम्मा ६९ दिनका लागि लागु हुने कम्पनीले जनाएको छ।

विद्युतिय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानिय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ। उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटी २०/२० जनालाई पुरस्कार विनियोजन गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २२ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार