
काठमाडौं ।
सर्वोच्च अदालतले हाल प्रयोग गर्दै आएको मुद्दा व्यवस्थापन प्रणाली आज बिहीबार दिउँसो ४ बजेदेखि अवरुद्ध हुने भएको छ।
अदालतले सो प्रणालीको सर्भर अपडेट गर्नुपर्ने भएकाले आजदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने जानकारी दिएको छ।
अदालतमा प्रयोग रहेको सर्भर अपडेट गर्ने प्रयोजनका लागि बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापनलगायतका प्रणालीहरूको प्रयोगमा अवरोध आउने सर्वोच्चको सूचनामा छ।
सर्वोच्चले २२ पुसको पेसीमा स्थिति जनाउने लगायतका कार्य अपरान्ह ४ बजे अगावै सम्पन्न गर्ने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ।
सर्भर अपडेटकै कारणले २३ पुस शुक्रबारसमेत प्रणालीहरूमा केही समस्या आउन सक्ने भएकाले धैर्यता गरिदिन र लामो समयसम्म समेत प्रणालीमा समस्या भइरहेमा सर्वोच्च अदालतको सूचना प्रविधि शाखामा सम्पर्क गर्न अदालतले अनुरोध गरेको छ।

प्रकाशित: २२ पुष २०७८, बिहीबार